Please Update Your Browser.

२४ हजार बालबालिकालाई दादुरा र रुवेलाको खोप लगाइने

लेखनाथ खतिवडा

 १ फागुन, पाँचथर । दुई चरणमा गरेर पाँचथरका ५ बर्ष मुनिका २४ हजार बढि बालबालिकालाई दादुरा र रुवेलाको खोप लगाइने भएको छ ।
नेपाल सरकारले घोषण गरेको दादुरा रुवेला खोप अभियान अन्तर्गत पाँचथरका दुई निर्वाचन क्षेत्रमा फरक–फरक समयमा यो अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

यस अभियानमा ९ महिनादेखि १ बर्ष सम्मका १०९८ र १ बर्षदेखि ५ बर्ष सम्मका २३३५४ गरि २४४५२ बालबालिकालाई दादुर तथा रुवेला विरुद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमूख डा. पवनकुमार शाहले वताए ।

vaccinations

यस अघि सन २००४ मा ९ महिनादेखि १५ बर्ष सम्मका बालबालिकालाई, सन २००८ मा ९ महिनादेखि ५ बर्ष सम्मका बालबालिकालाई र सन २०१२ मा ९ महिनादेखि १५ बर्ष सम्मका बालबालिकालाई यो खोप लगाइसकिएको छ । दादुरा तथा रुवेला रोग सबै उमेरका मानिसहरुलाई लाग्न सक्ने भएपनि ५ बर्ष मुनिका बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुँने हुँदा यस्ता रोगको संक्रमणको सम्भावना उच्च रहेकाले यो खोप अभियान सञ्चालनमा ल्याइएको हो ।

पाँचथरमा आगमी फागुन ९ गतेदेखि फागुन १४ गतेसम्म पाँचथरको निर्वाचन क्षेत्र नं. २ मा खोप अभियान सञ्चालन हुनेछ भने फागुन २२ देखि २७ सम्म निर्वाचन क्षेत्र नं. १ मा यो अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका खोप अधिकृत उदयमान नेपालीले जानकारी दिए । जिल्ला प्रत्येक वडामा कम्तिमा एउटा खोपकेन्द्र रहनेगरि ३८० खोपकेन्द्र स्थापना गरि दादुरा र रुवेला विरुद्धको खोप अभियान सञ्चालनमा ल्याइने नेपालीले वताए । यस्तै यो खोप लगाइने सबै बालबालिकाहरुलाई पोलियो थोपा समेत खुवाइनेछ ।

अभियानका लागि २८८ जना स्वास्थ्यकर्मी र करिब ४ सय जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालित हुनेछन् । यस पटक खोप अभियान सञ्चालन हुने बिषयमा प्रत्येक घरमा निमन्त्रणपत्र पठाइने स्वास्थ्यको तयारी छ । विश्व स्वास्थ्य संगठनले नेपालमा सन २०२० सम्ममा दादुरा रोग निवारण गर्ने र रुवेला रोग नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।