Please Update Your Browser.

नाकाबन्दीले रोकेन सुन आयात, ६ महिनामा ३३७ प्रतिशतले बढ्यो

resize_imageकाठमाडौं ४ माघ । भारतीय नाकाबन्दीले अत्यावश्यक वस्तुहरु समेत आयात हुन नसकिरहेको बेलामा सुनको आयात भने तीन गुनाले बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सुनको आयात ३३७ प्रतिशतले बढेको हो ।

न्यमिसाउनदेखि पुससम्मको अवधिमा ८ अर्ब रुपैयाँ भन्दा बढीको सुन आयात भएको नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । जबकी गत वर्षको सोही अवधिमा एक अर्ब ८३ करोडको मात्र सुन आयात भएको थियो ।

गएको आर्थिक वर्षभरीमा आयात भएको सुनको परिमाण यस वर्षको ६ महिनामै आयात भएको छ । सो अवधिमा ८ अर्ब ४९ करोड रुपैयाँको सुन आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

सुनको आयात हेर्दा मुलुक विनाशकारी भूकम्प र नाकाबन्दीको चपेटामा परेपनि विलासी वस्तुमा मानिसको आकर्षण घटेको देखिएन । नेपालमा सुनको धार्मिक महत्व भएपनि विलासी वस्तुको रुपमा लिइँदै आएको छ ।