Please Update Your Browser.

महासंघको ८ अाै महाधिवेशनबाट नयाँ कार्य समिति चयन

नेपाली गैरसरकारी संस्थाहरुको छाता संगठन गैरसरकारी संस्था महासंघ नेपालको आठौं महाधिवेशनले आगामी तीनवर्षकोलागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

काठमाडौमा मंसिर ७ र ८ गते सम्पन्न ८ औं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचत कार्यसमितिको मंसिर ९ गते सम्पन्न प्रथम बैठकले पदाधिकारीहरु सर्वसम्मतीले चयन गरेको छ । महिला, खुल्ला, क्षेत्रीय, मनोनित र पदेन सहित ३७ सदस्य रहेको सो कार्य समितिको अध्यक्ष पदमा गोपाल लम्साल निर्वाचित हुनुभएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्ण गौतम, उपाध्यक्षमा ध्रुब प्रसाद देव र पार्वता आचार्य, महासचिवमा मिलन कुमार श्रेष्ठ, सचिव पदमा दिनेश कुमार चौधरी, रामप्रसाद सुवेदी र विष्णु थकाली तथा कोषाध्यक्षमा जीतराम लामा निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सुनिता दनुवार, सृजना दनुवार, भावना भट्ट, विनिता पोखरेल (रोका), प्रिज्मा सिंह थारु, नेत्रकला शाही, मौसम राई, सुमित्रा शर्मा, दिवाकुमारी पुन, लक्ष्मण बहादुर खड्का, रमेश बस्नेत, वेदनिधी पौडेल, गणेशचन्द्र दवाडी, प्रमानन्द कडेल, दिपनारायण रिजाल, बैद्यनाथ चौधरी, उमेश विश्वकर्मा, पर्शुराम नेपाल, रामचन्द्र शाह, देवी प्रसाद तिम्सिना, शोभाराम डाँगी, सोनु सिंह, त्रिलोक न्यौपाने, कर्ण चौलागाई, भीम प्रसाद शर्मा, दिलु घिमिरे, मिलन धरेल र शर्मीला कार्की रहुनभएको छ ।

७५ वटैै जिल्लाहरुबाट प्रतिनिधित्व रहेको महाधिवेशनमा कुल मतदाता संख्या ८३३ रहेकोमा ७६३ मत खसेको थियो ।
“राजनीतिक स्थिरता, सुशासन र सार्थक विकासकालागि राष्ट्रिय एकता, राष्ट्रिय नवनिर्माणमा प्रभावकारी साझेदारी हाम्रो प्रतिवद्धता” नारासहित सम्पन्न राष्ट्रिय नागरिक सम्मेलन तथा महाधिवेसनले ९ बुँदे काठमाडौ घोषणापत्र समेत जारी गरेको छ ।

मानव अधिकारको रक्षा, लोकतन्त्रको प्रर्वधन र जनमुखी विकासकोलागि पहलकदमी महासंघका प्रमुख प्राथमिकता हुन् । यसै वर्षदेखि नेपालमा गैरसरकारी क्षेत्रको वर्तमान अवस्था तथा उनीहरुको योगदानलाई एकीकृत रुपमा समेट्ने सामाजिक विकास प्रतिवेदनको प्रकाशन महासंघले शुरुवात गरेको छ । सो प्रतिवेदनलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने छ । त्यसैगरी गैससहरुको व्यवस्थापनकालागि सामाजिक विकास ऐनकालागि सरकारी निकायसँगको संवादलाई जारी राख्ने, गैससहरुको क्षमता विकास र जवाफदेहितालाई प्रवर्धन गर्ने, वेवमा आधारित डाटाबेस सूचना प्रणालीमा गैससहरुलाई ल्याउने जस्ता महासंघका कृयाकलापहरुलाई निरन्तरता दिइने र थप संस्थागत गरिने छ । महासंघको उद्देश्य र परिकल्पना पूरा गर्न कुसलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा निवर्तमान अध्यक्ष लगायत पूर्व कार्यसमितिलाई बधाई तथा विशेष धन्यवाद् दिन चाहन्छौं । साथै, महासंघको ८ औं अधिवेशन सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद् ज्ञापन गर्दछौ ।