Please Update Your Browser.

जासुसीको आरोपमा भारतीयलाई पाकिस्तानमा जेल सजाय

काठमाडौं ५ फागुन । जासुसीको आरोपमा पाकिस्तानमा एक भारतीय नागरिकलाई तीन वर्षको सजाय सुनाइएको छ ।
भारतबाट तीन वर्षदेखि वेपत्ता रहेका हामिद अन्सारीलाई पाकिस्तानी सैन्य अदालतले जासुसीको आरोपमा दोषी ठहर गरेको हो ।

उनी २०१२ मा अफगानिस्तानको बाटो भएर पाकिस्तानको कोहाट इलाकामा प्रवेश गर्ने क्रममा सुरक्षा बलले पक्राउ परेको बताइएको छ ।
भारतमा उनको परिवारले भने उनको खोजी गरिरहेका थिए ।

पाकिस्तानी महिलासँग इन्टरनेटमा साथी बनेको र उनलाई भेट्न पाकिस्तान गएको परिवारको आशंका थियो ।तर, पेशावरको एक जेलमा कार्यरत अधिकारीले बीबीसीलाई बताएका छन् कि हामिद अन्सारीले जासुसीको आरोप स्वीकार गरेका छन् ।