Please Update Your Browser.

सिस्नो खेतीप्रति किसान उत्साहित

15011403timthumb.phpलेखनाथ खतिवडा, पाँचथर ५ फागुन । कहिलेकाँही दालको रुपमा खाइने सिस्नु पाँचथरको गाउँघरमा प्रायः सुँगुरलाई खोले खुवाउन गरिन्थ्योे । तर विस्तारै किसानहरु सिस्नोको महत्व बुझ्ना थालेपछि खेतीगर्न उत्साहित भएका छन् ।

सिस्नो चियाकोे रुपमा खान सकिने भएकोले यहाँका किसानहरु व्यवसायिक रुपमा सिस्नोको खेती गर्न प्रोत्साहित भएका हुन ।
फिदिम स्थितको कञ्चनजंघा टि–स्टेट कम्पनीको अग्रसरतामा सिस्नोको चिया उत्पादन गर्ने पहल थालिए पछि किसान उत्साहित भएको कञ्चनजंघाका प्रबन्धक निरानन्द आचार्यले बताए । उनले कञ्चनजंघाकै प्रोत्साहनपछि सुभाङ–७ मसरगाउँका किसान सेरुहाङ योङ्हाङ्ले सिस्नोको चिया उत्पादनमा सफल भएको बताए ।

विगत एक वर्षको मेहनतमा योङ्हाङ्ले किलोको ६ सय रुपैयाँको दरले २ क्विन्टल सिस्नोको चिया उत्पादनमा १ लाख २० हजार बराबरको आम्दानी गगरेको बताए । उनले भट्टि निर्माण गरेर चिया उत्पादनकै लागि गाउँघरबाट सिस्नोको मुना प्रतिकेजी ४० रुपैयाँले खरिद गर्दै आएका छन् ।

सिस्नो खेती गर्न धेरै परिश्रम नगरी मनग्य आम्दानी हुन सक्ने बताउदै योङ्हाङ्ल भने–ओसीलो भूमि र खेर गएको कान्ला, पाखा र जङ्गलमा सिस्नो रोपे पनि उम्रिन्छ । सिस्नो खेतीमा गोडमेलको पनि आवश्यकता नभएको बताए ।

सिस्नोको चिया उत्पादन सुरुवात गर्ने कञ्जनजंघाले पनि सिस्नो खेतीको बगान बिस्तार गर्ने योजना रहेकोे प्रबन्धक आचार्यले जानकारी दिए । आवश्यक प्राविधिक ज्ञान प्रदान गर्दै जिल्लाका थप अन्य किसानहरुलाई पनि सिस्नो खेतीमा प्रोत्साहित गर्ने उनको भनाई छ ।

नेपाल सरकार तथा विश्व खाद्य बजारले तोकेको अर्गानिक मापदण्ड अनुसार सिस्नोको चिया उत्पादन गर्ने गराउने कार्य भइरहेकोे आचार्यले बताए । आठ किलो सिस्नोको मुनाबाट १ किलो चिया उत्पादन हुने भएकोले माग पुरा गर्न गर्न धौ धौ भइरहेको किसाहरुको भनाई छ ।

सिस्नोमा भिटामिन ‘बी’ प्रशस्त मात्रामा पाउने भएकोले यसको चिया दैनिक सेवन गरे उच्च रक्तचाप, मधुमेह लगायतको रोग निको पार्ने आयुर्वेदिक औषधी वितरण केन्द्रले जनाएको छ ।

शरीरका लागि आवश्यक क्यालोरी पर्याप्त पाइने हुनाले यसलाई चियाकै साइजमा विभिन्न स्वादमा ग्रेडीङ गरेर ‘फूड’ प्रयोजनका लागि पनि प्रयोगमा ल्याउन सकिने गरि विश्व बजारमा निर्यात गर्न सकिने प्रबन्धक आचार्यले बताए ।