Please Update Your Browser.

आन्तरिक हवाईको भाडा घट्यो, कुन ठाउँको भाडादर कति

plane-newकाठमाडौँ ५ फागुन । आन्तरिक हवाई यातायातको भाडा घटेको छ । हवाइ इन्धनको मुल्य घटेसँगै निजी विमान कम्पनीहरुले आन्तरिक हवाई रुटको भाडा घटाएका हुन् ।

 आन्तरिक बिमानहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले काठमाडौंबाट सिधा उडान हुने रुटमा कम्तीमा २ हजार १ सयदेखि ६ सय रुपैयाँसम्म भाडा घटाएको जनाएको छ । नयाँ भाडादर बिहीबारदेखि लागु हुनेछ ।

संघको भाडा सम्बन्धिको प्राविधिक कमिटीले पहिलेको भाडादरबाट धनगढीमा २ हजार १ सय ३५, नेपालगञ्ज १ हजार ६ सय १५, भैरहवा १ हजार १ सय ३५, पोखरा ९ सय ३०, भरतपुर ७ सय २० रुपैयाँ घटाएको छ । त्यस्तै विराटनगरमा १ हजार २ सय ७०, जनकपुरमा ८ सय २५, सिमरामा ६ सय २० रुपैयॉ घटाइएको छ ।

यसअघि मंगलबार नेपाल आयल निगमले हवाई ईन्धनको मुल्य आन्तरिक तर्फको मुल्यमा प्रति लिटर ५५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलोलिटर ५ सय ४९ डलर घटाएको थियो ।