Please Update Your Browser.

ओली–मोदीबिच सात बुँदे सम्झौता

Kp-oli-And-Modi-1काठमाडौँ, ८ फागुन ।
भारतको ६ दिने राजकीय भ्रमणमा शुक्रबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा सात बुँदे सम्झौता भएको छ ।

हैदरावाद हाउसमा भएको भेटवार्तामा भारतले नेपालालाई बांगलाबन्द र विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न दिने भएको छ । विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न रोहनपुर–सिंहवाद रेल्वे रुटको प्रयोग गरिने सम्झौता भएको जानकारी गराइएको छ ।

यस्तै भूकम्पपछिको पुनर्निर्माणको कार्यनीति सम्झौतामा पनि हस्ताक्षर भएको छ । यस्तै हुलाकी मार्ग निर्माण र संगीत नाट्य एकेडेमीको बारे पनि सम्झौता भएको छ ।

यस्तै दुई देशका प्रधानमन्त्री ढल्केबर–मुजफ्फरपुर अन्तर–देशीय विद्युतीय प्रसारण लाईनको पनि औपचारचिक उद्घाटन गरेका छन् ।
‘गार्ड अफ अनर’ प्रदान गरिए लगत्तै महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेका प्रधानमन्त्री ओलीले त्यहाँबाट फर्किएर मन्त्री स्वरराजसँग भेटवार्ता गरेका थिए ।

आजबाट भारतबाट नेपालले थप ८० मेगावाट विद्युत औपचारिक रुपमा प्राप्त गर्ने छ । जसको दुई देशका प्रधानमन्त्रीले सुरुवात गर्नेछन् ।
त्यसपछि प्रधानमन्त्री ओली र मोदीसँग भेटवार्ता गर्न हैदरावाद हाउसमा पुगेका थिए । वार्तामा दुई प्रधानमन्त्रीसहित भ्रमण टोलीका प्रतिनिधि सहभागी छन् ।