Please Update Your Browser.

पाँचथरलाई मकैको बिउमा आत्मनिर्भर बनाइने

An ear of corn isolated on a white background
An ear of corn isolated on a white background

पाँचथर, ११ फागुन । पूर्वी पहाडि जिल्ला पाँचथरलाई मकैको बिउमा आत्मनिर्भर बनाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले बिउ उत्पादन समुहको लागि मूल बिउ बितरण गरेको छ ।

जिल्लाका भारपा, नवमीडाँडा र अमरपूर गाविसमा बिउ उत्पादन समूह निर्माण गरी उनीहरुलाई ५० प्रतिशत अनुदानमा ५ सय २० किलो बिउ बितरण गरेको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

उत्पादित बिउलाई कार्यालयले नै खरिद गरी आगामि वर्षमा किसानलाई बितरण गर्ने र जिल्लालाई मकैको बिउ उत्पादनमा आत्म निर्भर बनाउने लक्ष राखिएको पनि कार्यालयले जनाएको छ ।

जिल्लामा उल्पादित बिउ सस्तो राम्रो साथै प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा रोपण, मलखाद व्यवस्थापन, सिँचाई, भण्डारण, प्रसोधन र प्याकेजिङ् समेत हुने भएकोले बाहिरबाट आएको भन्दा विश्वासिलो हुने वरिष्ठ कृषि विकास अधिकृत बेनुप्रसाद प्रसाइले दाबी गरे ।

यसै गरी खाद्यान्नमा आत्म निर्भर बनाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय पाँचथरले कृषकलाई उन्नत जातको मकैको बिउ बितरण गर्न थालेको छ ।

मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रम अन्तर्गत जिल्लालाई ३ वटा समूहमा बिभाजन गरेर मकैको बिउ बितरण सुरु गरिएको हो ।

जस अन्तर्गत यासोक, रानिगाउँ, स्वावरुम्वा, याङ्नाम, भारपा र फिदिम नगरपालीकाका ३ हजार ५ सय बढि कृषकलाई मनकामना ३, अरुण २ र रामपुर कमपोजिट जातको १५ मेट्रिक टन मकैको बिउ ७५ प्रतिशत अनुदानमा वितरण गरेको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिरोपनी १ किलोका दरले करिब ६ सय हेक्टर जमिनको लागि उन्नत जातको बिउ बितरण गरेको बताईएको छ । यसबाट जिल्लालाई खाद्य संकट न्युनिकरण तथा खाद्य सुरक्षामा सहयोग पुग्ने विश्वास उक्त कार्यालयले लिएको छ ।

जिल्लामा उन्नत जातको मकैको बिउको आवश्यकतालाई मध्यनजर गर्दै जिल्ला कृषि विकास कार्यालयले कृषि प्रसार कार्यक्रम अन्र्तगत समेत ५ मेट्रिक टन मकैको बिउ बितरण गरेकोे जिल्ला कृषि विकास कार्यालय पाँचथरका नायव प्राविधिक सहायक नरहरी निरौलाले जानकारी दिए ।

कार्यालयले गत आर्थिक वर्षमा साढे १२ मेट्रिक टन मकैको बिउ बितरण गरको थियो । जसबाट किसानले ८ सय ८० मेट्रिक टन मकै उत्पादन गरको तथ्याङ्क छ ।

मुल बिउ उत्पादन कार्यक्रम अनुसार गत आर्थिक वर्षमा बिउ उत्पादन समुहलाइ ५ सय किलो मूल विउ बितरण गरिएको थियो । जस अन्तर्गत उत्पादन भएको बिउ मध्ये १० मेट्रिक टन बिउ कार्यालयले यस आर्थिक वर्षमा खरिद गरी अन्य बिउमात्र बाहिरबाट खरिद गरेको जनाएको छ ।