Please Update Your Browser.

विमान स्थल सुचारु हुने खबरले सरसफाईमा चासो

प्रकाश बम,

 डोटी १२ फागुन । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा आयोजना हुन लागेको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव”लाई लक्षित गर्दै बुधबार बिहान बन्द रहेको बिमानस्थलको सरसफाई गरीएको छ ।

डोटी उद्योग बाणिज्य संघको अगुवाई तथा नेपाली सेना, नेपाल प्रहरी, दि.सि.न.पा, नेपाल वायु सेवा निगम तथा स्थानियलगाएतको सहभागितामा बिमान स्थल सरसफाई गरीएको उद्योग बाणिज्य संघका सदस्य दिपक खड्काको भनाई छ ।

sarsaphae

महोत्सवको उद्धघाटनका लागि उद्योग मन्त्रि सोम प्रसाद पाण्डे दिपायल आउने भए पछि बिमानस्थल संचालनमा ल्याउनका लागि सरसफाई गरीएको उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।

एक दशक देखि बन्द रहेको दिपायल विमान स्थल सुचारु हुने खबरले स्थानिय खुसि भएका छन् । तर यस भन्दा पहिले २०६८ साल फागुन १७ गते डोटी महोत्वसको उद्धघाटन गर्न आएका तत्कालिन पर्यटन मन्त्रि लोकेन्द्र बिष्टमगरले एक हप्तामै सुदुर पश्चिममा रहेका विमानस्थल सुचारु गर्ने आश्वासन दिए थिए ।

विमान स्थल सुधारका लागि ढाई करोड बजेट समेत बिनियोजित भएको छ । पछिल्लो समय बन्द रहेको बिमान स्थल सुचारु गर्न नेताहरुको ओठे बोलीले स्थानिएहरुलाई बिश्वास लाग्न छोडेको बताउछन् ।

फागुन २१ गते देखि ३० गते सम्म दिपायलको पिपल्ला बजारमा हुन लागेको महोत्वबको अवसर छोपेर दुई दिनका लागि यति एयर लाईन्सको उडान भर्ने अध्यक्ष खड्काले बताए ।