Please Update Your Browser.

पाँच विकास क्षेत्रको आधारमा संघीयता हुनुपर्छः अध्यक्ष खड्का

DSC00871दार्चुला  १२ फागुन । अखण्ड नेपाल पार्टीका केन्द्रीय अध्यक्ष एवं व्यवस्थापिका संसदका सदस्य कुमार खड्काले देशको सीमाङकन अहिलेकै विकास क्षेत्रकै आधारमा हुनुपर्ने बताएका छन् ।

अखण्ड नेपाल दार्चुलाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले सो कुरा बताए । ‘राज्य कुनै जात विशेषलाई दिने हैन, हिमाल पहाड र तराई जोडिएको अहिलेको विकास क्षेत्रै नै नेपाल अखण्ड राख्ने आधार हुन्छ ।’

उनले भने बरु नाम प्राकृतिक स्रोत साधन, भौगोलिक आधारका रुपमा राख्न सकिने बताउदै राज्यको नामाङ्कन सीमाङ्कन जातीय आधारमा दिने हो भने राष्ट्रियता समाप्त हुने खतरा रहेको बताए ।

‘नेपाल छ पो नेपाली हुन्छौ, नेपालै न रहे के नेपाली’ स्वलोगन सुनाउदै उनले भने–‘अखण्ड पार्टी राष्ट्रिय स्वाधिनता र उन्नतीको लागि राष्ट्र बचाउँ अभियानमा लागेको छ ।’