Please Update Your Browser.

तोड्ने हौकी तिमी

गजल

ram bist
– राम विष्ट

साइनो जोड़ी बिचैबाट तोड्ने हौकी तिमी,
तिम्रै लागि धड्कीने दिल, फोड्ने हौकी तिमी ?

पठाई दिउला प्रेमको, च्याधर प्रदेशबाट,
सम्झनाको चिनो सम्झी ओढ्ने हौकी तिमी ?

तिम्रो माया रोपी सके मेरो मनको बगैचामा,
ओइली जाँदा तिम्रो माया, गोड्ने हौकी तिमी ?