Please Update Your Browser.

अछाममा फोटो सहितको मतदाता नामावली संकलन भोलिदेखि

३१ वटा गाबिसमा टोली परिचालन

2016-01-19-07-07-53-182b42e5c7ecd854f7f0bfe56c4afd9fकल्पना बोहरा,
अछाम १३ फागुन । जिल्ला निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलनका लागि ३१ वटा गाबिसमा टोली परिचालन गरेको छ ।

नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुलाई समावेश गर्नकालागि भोली फागुन १४ गतेदेखि चार समुहमा विभाजन गरि टोली परिचालन गर्ने आयोगले जनाएको छ ।

अभियानका बारेमा बुधवार जिल्ला निर्वाचन कार्यालयले दर्ता कर्मचारीहरुलाई प्रशिक्षण समेत दिएको छ ।

टोलीमा खटिने दर्ता कर्मचारी र सहायक दर्ता कर्मचारीलाई जिल्ला निर्वाचन अधिकारी इश्वर सिम्खडाले अभियानका बारेमा जानकारी दिएको बताइएको छ ।

सिम्खडाका अनुसार आगामी चैत ४ गतेसम्म चल्ने अभियानमा २/२ जनाको टोली परिचालन गरिएको छ । जसमा टोली पुगेको गाविससहित अन्य छिमेकि गाविसका मतदाताले पनि आफ्नो नाम दर्ता गराउन पाउने छन् ।

टोलीले नाम दर्ताका लागि अन्य गाविसका स्थानियलाई पनि समयमै आफ्नो नाम दर्ता गराउनका लागि समन्वय गर्नेछ भने प्रत्येक गाविसमा २/२ दिनसम्म संचालन हुने अभियानमा सक्रियतापूर्वक सहभागि भइदिन पनि निर्बाचन कार्यालयले मतदातालाई आग्रह गरेको छ ।

कार्यालयले अभियान अन्र्तगत ललित केसीको नेतृत्वमा पहिलो टोली जिल्लाको पायल, लुंग्रा, मार्कु, दुनि, बुढाकोट, घुघुरकोट, देबीस्थान र बाबला गाबिस, दोस्रो टोली प्रमोध सोबको नेतृत्वमा बान्नातोली, कालागाँउ, बिरपथ, बिनायक, पुल्लेतोला, बारला र कालेकाँडा, तेस्रो टोली भुपेन्द्र साउदको नेतृत्वमा शान्तडा, रामारोशन, भाटाकाटिया, दर्ना, बरदादेबी, बिन्देबासिनी, कुस्कोट र ठाँटी गाबिसमा परिचालन गरेको छ ।

त्यसैगरी अभियानको अन्तिम टोली एकेन्द्र बोगटीको नेतृत्वमा फागुन १४ गते देखि चैत ४ गते सम्ममा बस्ती, बलाता, ढकारी, ढुंगाचाल्ना, धमाली, तुर्माखाद, भैरबस्थान र रहफ गाबिसमा नाम दर्ताका लागि खटाईएकोे छ ।

यस्तै जिल्ला निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली संकलनका लागी विभिन्न गाविसमा खटिएका कर्मचारीहरुलाई आवश्यक सहयोग गरिदिन सम्वन्धित सबैलाई अनुरोध पनि गरेको छ ।