Please Update Your Browser.

गाउँलाई खुल्ला दिसामुक्त गराउनु प्रत्येक नागरिकको दायीत्व – सभासद सुनार

12321594_10208758824317818_5644816951230062102_nनेपालगञ्ज, १३ फागुन । एमाले सभासद दल बहादुर सुनारले स्वास्थ्य सम्बन्धि चर्चा गर्दै हरेक गाउँलाई खुल्ला दिसामुक्त गराउनु प्रत्येक नागरिकको दायीत्व भएको बताएका छन् ।

स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा संचालन सम्बन्धि बिहीबार नेपालगञ्जमा आयोजित अभिमुखीकरण गोष्ठीर्ला सम्बोधन गर्दै सभासद सुनारले यस्तो बताएका हुन् ।

नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेको आयोजनामा भएको गोष्ठीमा प्रमुख अथिति समेत रहेका सुनारले स्वास्थ्यकर्मीहरुको जनतासंग नङ् र मासुको सम्बन्ध हुने भन्दै जनतालाइ स्वास्थ्य चेतना जगाउने काम पनि स्वास्थ्यकर्मीले गर्नुपर्नेमा जोड दिए ।

यसैगरी नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले स्वास्थ्य संस्था व्यवस्थापन तथा संचालन अभिमुखीकरण गोष्ठीमा सिकेका कुरा व्यवहारमा लागु गर्नुपर्ने भन्दै ३ बर्षको अबधिका राम्रो काम गरेर जनताको मन जित्नुपर्ने बताए ।

नेपाल सरकार मन्त्रिमण्डलको निर्णय अनुसार नियुक्त भएका अध्यक्षको अवधि ३ बर्ष रहने जानकारी गराउदै आफ्नो गाउँ आफै बनाऊँ अभियानले पारेको प्रभाव जस्तै प्रभाव पर्ने गरी काम गर्न निर्देशन दिए ।

नेकपा एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ्ले ३ बर्षको लागि नियुक्त भएका अध्यक्षहरुको पहिलो काम भनेको गाउँ सफा गर्न लगाउनु रहेको बताए ।
नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभागका बाँके इन्चार्ज अछरी पोखरेलले स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७१ ले गरेका व्यवस्थाको बारेमा जानकारी गराइन ।

उनले प्रत्येक परिवारबाट १ जना महिला १ जना पुरुष प्रतिनिधि छनौट गरि इकाइमा समावेश हुने हुँदा घरघरमा स्वास्थ्य चेतना जगाउन मद्दत मिल्ने बताइन् ।

नेकपा एमाले बाँके स्वास्थ्य तथा जनसंख्या विभागका सचिव राम बहादुर चन्द्रले मनोनित भएका अध्यक्षहरुको काम कर्तव्य र अधिकारका बारेमा र कमिटी गठन प्रक्रिया लगायतका विषयमा प्रशिक्षण दिए ।