Please Update Your Browser.

प्रहरी र अपराध पीडितविच अन्तरक्रिया

25965d00-5504-46ea-a30c-5748d94b708bपाँचथर, १३ फागुन । प्रहरीको न्याय सम्पादन आफुहरूलाई चित्त नबुझेको भन्दै पीडित र तिनका परीवारहरूले गुनासो गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले विभिन्न समयमा भएका अपराधबाट पीडित व्यक्तिहरूसँग अनुसन्धान तथा न्याय सम्पादनका क्रममा भएका कार्यहरू र सुधार गर्नुपर्ने पक्ष सम्वन्धि बिहीबार पाँचथरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरमा संचालित कार्यक्रममा जिल्लास्थित पीडित व्यक्ति र तिनका परिवार तथा सञ्चारकर्मीहरूको सहभागीता थियो ।

अदालतले पीडितहरूलाई उपस्थित नै नगराई मुद्धाको फैसला गर्ने गरेको भन्दै पीडितले आगामी दिनमा त्यस्ता खालका व्यवहारमा सुधार गर्न अनुरोध पनि गरेका थिए ।

पीडितहरूको वास्तविकता भन्दा फरक ढंगबाट न्याय सम्पादन हुँदा पीडित झन् पीडित भएको उनीहरूको गुनासो थियो ।

अभाव, दवाव र प्रभावका कारण सरोकारवाला निकाय र स्वयं पीडित पक्षले मुद्धालाई कम्जोर बनाउने र ‘होस्टायल’ गर्ने कार्यले वास्तविक पीडित झन् पीडित भएको भन्दै यस्ता कार्यलाई सुधार गर्न स्वयं पीडित पक्षले न्याय पाउन आफैले प्रमाणलाई जोगाउन सक्नुपर्ने सरोकारवालाहरूले वताए ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले न्याय सम्पादनको कार्य प्रहरीको मात्र नभएर अस्पताल, सरकारी वकिलको कार्यालय, जिल्ला अदालत लगायत निकायहरूको समेत उल्लेख्य भूमिका भएपनि पीडितहरूले प्रहरीलाई मात्र दोषी बनाउने प्रचलनबाट मुक्त हुनु पर्ने बताए ।

कोइरालाले यस्ता खालका कार्यक्रमले जिल्लामा सरोकारबाला र प्रहरीको अन्तर सम्वन्ध स्थापित भई प्रहरी र नागरिक समाजविचको दुरी कम हुने साथै आगामी दिनमा न्याय सम्पादनमा समेत सहयोग हुने अपेक्षा गरिएको बताए ।