Please Update Your Browser.

पहिलो भेटमै एक–अर्काबीच कनेक्सन फिल भयो ‘जेनिशा मोक्तान’

zenishamमिस नेपाल–२००९ जेनिशा मोक्तान तथा युवा व्यवसायी दिकेश मल्होत्रा आज शुक्रवार वैवाहिक सम्बन्धमा बाँधिँदैछन् । चर्चित मोडलको परिचय बनाएकी जेनिशाले आफ्नो जीवनसाथीका रूपमा युवा उद्योगी मल्होत्रालाई रोजेपछि उनीहरू दाम्पत्य जीवनतर्फ अग्रसर भएका हुन् ।

गत आइतबारदेखि भोलि शनिबारसम्मको एक साताव्यापी वैवाहिक कार्यक्रमपश्चात् उनीहरू जीवनसाथीका रूपमा अघि बढ्नेछन् । ‘हामीले एक–अर्कालाई ‘सोलमेट’ मानेपछि सँगै जीवन जिउने सपना देखेका थियौं,’ पूर्वमिस नेपाल मोक्तानले हर्षित मुद्रामा भनिन्– ‘एकदमै खुसी छौं, हाम्रो सपना पूरा भएको छ ।’ जेनिशाको कुरामा सही थाप्दै दिकेशले थपे– ‘हामीले अत्यन्तै निकट मित्रका रूपमा थुप्रै वर्षदेखि एक–अर्कालाई बुझेका छौं, एक–अर्काको परिपूरक भएकैले विवाह गर्ने निर्णय लिएका हौं ।’

दिकेश मन पर्नुको कारण ?

पहिलो भेटमै मलाई दिकेश ‘जेन्युइन’ लागेका थिए । उनको भद्र व्यवहारले मलाई आकर्षित गर्‍यो । मलाई लाग्छ, पहिलो पटक नै हामीले एक–अर्कालाई सोलमेट मान्यौं । एक–अर्कासँग नजिकिँदा खुसी–आनन्द महसुस हुन्थ्यो । दिकेशको व्यवहार पनि आत्मिय लाग्न थाल्यो ।

सोलमेट नै लाग्यो ?

हो, हामी सोलमेट नै हौं । त्यही भएर पनि एक–अर्काको सामीप्यतामा अधिक आनन्द महसुस गर्छांै । म लाउड एवं बहिर्मुखी स्वभावकी छु, जबकि दिकेश अन्तरमुखी र शान्त किसिमका छन् तर पनि निश्चित मूल्य–मान्यतामा हामी समान विचार राख्छौं ।

मिस नेपाल भएकाले मन पराएका हुन् कि ?

संयोग मिस नेपालको कार्यकालकै क्रममा मैले दिकेशलाई भेटे । सोही समयमै हामी अफेयरमा गैसकेका थियौं । म मिस नेपाल हुँ भन्ने कुरा दिकेशले मलाई भेटेपछि मात्र थाहा पाएका थिए । म मोडल वा मिस नेपाल भएकाले मन पराएको भन्ने गलत हो । पहिलो भेटमै एक–अर्काबीच कनेक्सन फिल भयो ।

पछिल्लो समय तपाईंले मोडलिङ यात्रालाई बाइबाई गरेको हो ?

हो, करिब ६ वर्षयता म मोडलिङबाट टाढै छु । आफ्नै कम्पनीसँग आबद्ध केही कामबाहेक म अन्यत्र देखिन्नँ । सम्भवतस् अब त्यो क्षेत्रमा आबद्धता पनि जनाउँदिनँ । अब आफ्नै व्यवसायमा सक्रिय रहन्छु ।

प्रायस् ग्ल्यामरस क्षेत्रका युवतीको व्यवसायीसँग वैवाहिक सम्बन्ध कायम भएको देखिन्छ, यो त्यसकै निरन्तरता हो ?

खै, मलाई त त्यस्तो लाग्दैन । नेपालमा ग्ल्यामर क्षेत्रका युवतीले व्यवसायीसँग विवाह गरेका छन् र रु हाम्रो हकमा भने एक–अर्कालाई ह्दयदेखि नै मन पराएर विवाह गरेका हौं । दिकेश र उनको परिवार मलाई ब्रोड माइन्डेड लाग्यो । हामी प्राकृतिक रूपमा नै एक–अर्काप्रति नजिक हुँदै गयौं र वैवाहिक सम्बन्धका लागि अग्रसर भयौं । करिब ६ वर्ष प्रेममा रहँदा हामी एक–अर्काका लागि जन्मिएका हौं जस्तो लाग्यो ।

दुवै भिन्न समुदाय र जातसँग सम्बद्ध हुनुहुन्छ, केही समस्या भएन ?

खासै भएन, हामीले आफ्नो प्रेमसम्बन्धका बारेमा परिवारलाई अवगत गराएपछि उहाँहरूले खासै टिप्पणी गर्नुभएन, किनभने हाम्रो मन मिलिसकेको थियो । सम्बन्ध बलियो भैसकेको थियो ।