Please Update Your Browser.

मुक्तक

साइनबोर्ड झुन्ड्याएर सर्वहाराको व्यापार हुँदैछ
मुक्तिका लागि लड्नेहरुका महलले आकाश छुँदैछ
कार्ल–मार्क्स र लेनिनको दर्शन यस्तो थिएन
त्यसैले होला स्मृतिमा पत्र–पत्र पुष्प रुँदैछ ।

लालसलाम ! कति छिटै मालसमाल भयो
सर्वहाराको नारा फल्दा नेतालाई मालामाल भयो
गरिवलाई अरबको खाडी, नेतालाई करोडौको गाडी
कति मर्छन् विदेशमा यो रोजगारी साला काल भयो ।
गोकर्ण दयाल ● ७ साउन २०७३ बैतडी ।