Please Update Your Browser.

सुदूरपश्चिम बन्द फिर्ता

कैलाली, १६ साउन । गाडी सञ्चालनको विषयमा दुई ओटा यातायात समितिबिच उत्पन्न विवादले चर्र्को रुप लिएपछि यातायात व्यवसायीहरुले नै गरेको बन्द फिर्ता भएको छ ।

आईतबार साँझ जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको बैठकमा तिन पक्षबिच चार बुँदे सहमति भएपछि बन्द फिर्ता भएको हो ।

जिल्ला प्रशासन, वडीमालीका यातायात प्रा.लि. र सुदूरपश्चिम यातायात व्यसायी संघविच दुई ओटा समितिबिच शुक्रबार भएको झडपको क्रममा प्रहरीले पक्राउ गरेका पाँच जनालाई रिहा गर्ने, वडीमालीका यातायात प्रा.लि.का सञ्चालक कान्छा लामालाई धनगढीमा ल्याएर छलफल गर्ने सहमती भएको छ ।

यस्तै यो क्षेत्रमा गाडीहरु सञ्चालनको लागि यसै क्षेत्रको यातायात व्यवस्था कार्यालयमा दर्ता हुनुपर्ने र वडीमालीका यातायात प्रा.ली.का सञ्चालकसंग छलफल नभएसम्म यो क्षेत्रमा वडीमालिका यातायात प्रा.लि.का गाडीहरु नचलाउने सहमती भएको छ ।

सहमतीसंगै बन्द समेत खुलाउने सहमती भएको सुदूपश्चिम यातायात व्यसायी संघका अध्यक्ष टेकराज जोशीले बताए ।

दुई दिनको बन्दका कारण यस क्षेत्रमा कुनै सार्वजनिक सवारी सधानहरु नचल्दा यात्रुहरु मर्कामा परेका थिए ।

गाडी संचालनको विषयमा भएको विवाद र प्रहरीले दमन गरेको भन्दै सुदूरपश्चिबाट संचालित विभिन्न ९ ओटा सार्वजनिक यातायात व्यवसायीहरुले शनिबारदेखि अनिच्त कालको लागि भन्दै यातायात बन्दको आह्रान गरेका थिए ।