Please Update Your Browser.

लन्डनमा भ्यालेन्टाइनको माहोल

२८ माघ ।
प्रणय दिवस ९भ्यालेन्टाइन डे० आउन अब धेरै दिन बाँकी छैन । लन्डनका नेपाली तन्नेरीलाई पनि त्यसको माहोलले छोइसकेको छ । विश्वभरका प्रेमी प्रेमिकाले एउटा उत्सवका रुपमा लिने उक्त दिवस ९फेब्रुअरी १४० मनाउन यहाँका नेपाली कम उत्साहित छैनन् ।
‘अब यो पश्चिमा संस्कृति मात्र रहेन’, गत सप्ताहन्त लन्डनको एउटा स्टुडियोमा फोटोसुट गरिरहेका मोडल सारा र विकेश बस्नेतले एकै स्वरमा भने, ‘समयानुकुल नेपाली तन्नेरीहरु यो दिवसमा अभ्यस्त भइरहेका बेला हामी पनि त्यही अनुशरणतिर छौं ।’ सारा र विकेशको जोडीले भ्यालेन्टाइनकै अवसर पारेर डिओपी कुशल श्रेष्ठसँग फोटोसुट गराएका छन् ।
लन्डन एजवेयर बस्ने सुरज र अलिसाको जोडीलाई जागिरको व्यस्तताले रोक्ने छैन भ्यालेन्टाइन मनाउन । सप्ताहन्त परेकाले कम्तीमा दुई दिन लन्डनतिर ‘नाइट आउट’ मा रम्ने उनीहरुको तयारी छ । लन्डनस्थित ७३ तले अग्लो भवन ‘सार्ड’ मा पुगेर पहिलो प्रेम प्रस्ताव राखेको स्मरण गर्दै रोमान्टिक देखिएका सुरजले भने, ‘माया गर्न भ्यालेन्टाइन डे नै चाहिन्छ भन्ने होइन तर यस दिन उपहारसहित आत्मियता साट्दा प्रेम दरिलो हुने मेरो विश्वास छ ।’
युवा जमातलाई लक्षित गर्दै भ्यालेन्टाइनका अवसरमा युकेमा धेरै कार्यक्रम तय भएका छन् । गायक आनन्द कार्की, गायिका शर्मिला बर्देवा र माया रोकाले शनिबार साँझ भ्यालेन्टाइन स्पेशल नाइट गर्दैछन् काठमाण्डौं जोन रेष्टुरेन्टमा ।
‘प्रणय दिवस सांगीतिक माहोलमा मनाउन हामी उत्सुक छौं’, दुई महिना यता बेलायतमा शो गरिरहेका गायक कार्की भन्दै थिए, ‘बेलायतको नेपाली डायस्पोरा पनि पश्चिमा संस्कृतिसँग मज्जाले खुलेको अनुभूति गरें ।’
पहिलो नेपाली तारा दीपक लिम्बु चाहिँ प्रणय दिवसका दिन बेलायतको आसफोर्ड केन्टमा गर्न लागिएको कार्यक्रममा हुनेछन् ।
धरान समाज युकेले भ्यालेन्टाइन डे कै दिन आइतबार लन्डनस्थित ह्यारो बरो फुटबल क्लवमा डिजे डान्ससहितको पार्टी राखेको छ भने मस्म हाउस रेष्टुरेन्टले शनिबार द बोटमा कार्यक्रम गर्दैछ ।
जोडी हुने त भाग्यमानी भइहाले, नहुनेलाई पनि त्यस दिन प्रेम प्रस्ताव राख्न छुट छ भन्ने विश्वास छ । सायद कयौं एकलहरु ‘मिंगल’ का लागि त्यसै दिनको प्रतिक्षामा छन् ।
बेलायती पनि यस दिवसमा अत्याधिक रमाउने गर्छन् । यस दिन रातो गुलाब आदानप्रदान बढी नै हुने गरेको तथ्यांक छ । बेलायतका ठूला डिपार्टमेन्टल स्टोर मध्ये एक टेस्कोले मात्र वर्षेनी झण्डै दश लाख भ्यालेन्टाइन बुके बिक्री हुने जनाएको छ । अरु स्टोरहरु लिडल र अल्डीको पनि बिक्री अनुपात त्यस्तै छ ।
सन् २०१३ मा बेलायतमा २ सय ६२ मिलियन पाउण्डको गुलाव बिक्री भएको थियो । बेलायतले करिब ७० प्रतिशत गुलाब केन्याबाट आयात गर्छ ।
एक सर्वेक्षण अनुसार लन्डन, अक्सफोर्ड, ग्लास्गो, सेफिल्ड, एडिनबरा, बर्मिङहम, कार्डिफ, ब्राडफोर्ड, लिभरपुल र म्यानचेष्टर क्रमशस् दश रोमान्टिक सहरको सूचीमा छन् ।