Please Update Your Browser.

बीस लाख घुस लिने पक्राउ

२९ माघ काठमाडौं ।
संविधानसभाको सदस्य बनाइदिने र विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठलाई संविद्यानसभाको सदस्य बनाइदिने भन्दै २० लाख रुपैयाँ लिएको आरोपमा काठमाडौंका देवेन्द्रकुमार बर्तौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बर्तौलामाथि सिन्धुपाल्चोककै भिमसेन श्रेष्ठ र कान्छा श्रेष्ठलाई क्यानाडा तथा हस्त बहादुर श्रेष्ठलाई चेक रिपब्लिक पठाइदिने भन्दै १५ लाख ५० हजार रुपैयाँ लिएको आरोप पनि लागेको छ ।
यस्तै बर्तौलाले श्रीमती सोफिलासँग मिलेर काठमाडौंकी चाँदनी श्रेष्ठलाई आफ्नो रोक्का रहेको नविल बैंकको ५ लाखको चेक दिएर ठगी गरेको पनि खेलेको प्रहरीकोृ भनाई छ
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बर्तौला विरुद्ध ठगी आरोपमा मुद्दा चलाउने तयारी भइरहेको छ ।