Please Update Your Browser.

मालेमावादको अध्ययन किन र कसरी गर्ने ?

हस्तबहादुर के.सी.

माक्र्सवाद–लेनिनवाद–माओवाद आज विश्व सर्वहारावर्गको पथप्रदर्शक सिद्धान्त हो । माक्र्सवाद–लेनिनवाद–माओवादलाई ग्रहण नगरिकन, यसलाई आत्मसातिकरण नगरिकन र जीवन व्यवहारमा प्रयोग नगरेसम्म कोही पनि सच्चा क्रान्तिकारी बन्न सक्तैन भन्ने कुरा आज व्यवहारद्वारा पुष्टि भइसकेको छ ।
अतः आजका माक्र्सवादी क्रान्तिकारीहरुले र नेपालका माओवादी क्रान्तिकारीहरुले आज माक्र्सवाद–लेनिनवाद–माओवादको अध्ययन किन आवश्यक छ रु र यसको अध्ययन कसरी गर्ने रु भन्ने प्रश्न बढो महत्वको विषय बन्न पुगेको छ ?
आज हामी माओवादी क्रान्तिकारीहरुका बीचका पनि माक्र्सवाद–लेनिनवाद–माओवादको गहन अध्ययन गर्ने, छलफल गर्ने वाणी समाप्तै भएर गएको छ । अध्ययन गर्ने भन्ने कुरा आदर्शको साँघुरो घेराभित्र सिमित हुन पुगेको छ । यो ज्यादै गलत चिन्तन र प्रवृत्ति हो । अर्कोतिर हामीले सबै कुरा जानी सकेका छौं भन्ने अहंकार पनि छ ।
हाम्रो जस्तो अर्धसामन्ती र नवऔपनिवेशिक मुलुक जहाँ कि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने काम नै बाँकी छ । वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्ने यात्रा त निकै नै टाढाको विषय हो । महान् नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने अठोट र प्रतिबद्धताका साथ अगाडि बढेका नेपाली सर्वहारावर्गका नेता, कार्यकताहरु विशेष गरि क्रान्तिकारी माओवादीका नेता, कार्यकर्ताहरुले त झनै माक्र्सवाद–लेनिनवाद–माओवादको विशेष प्रकारले अध्ययन गर्न र त्यसलाई जीवन व्यवहारमा उतार्न अति जरुरी छ । जीवन व्यवहारमा उतार्ने भनेको वर्गसंघर्षमा प्रतिबद्ध भएर सरिक हुने भनिएको हो ।
संसार बदल्ने उद्देश्य र लक्ष्यका साथ प्रतिबद्ध भएर लामबद्ध भएका क्रान्तिकारीहरुले आजको वर्तमान विश्वलाई बुझ््न र अध्ययन– विश्लेषण गर्न जरुरी छ । वर्तमान संसारको बारेमा वास्तविक धरातलमा उभिएर अध्ययन नगरिकन ठोस विश्लेषण गर्न असम्भव हुन्छ । अतः सारा संसारको अध्ययन गर्र्ने, त्यसको ठोस विश्लेषण गर्न र त्यसलाई बदल्ने नियमलाई बुझ्नका लागि यसको वैज्ञानिक अध्ययनको आधार नै माक्र्सवाद हो । अध्ययनका विधि, पद्धति र क्षेत्रहरु छन्, त्यसमध्ये माक्र्सवादको अध्ययन नै पहिलो र अनिवार्य सर्त हो, किन कि माक्र्सवाद वैज्ञानिक छ ।
हामी क्रान्तिकारीहरुले माक्र्सवादको अध्ययनको शुरुवात गर्नु भन्दा पहिले माक्र्सवाद भनेको के हो रु भन्ने कुरा बुझ्न र आवश्यक जानकारी लिन जरुरी हुन्छ । कार्ल माक्र्स ९५ मई १८१८० र पे्रmडरिक एंगेल्स ९२८ नोभेम्बर १८२०० द्वारा सन् १८४८ फेब्रुअरीमा कम्युनिष्ट घोषणा–पत्र मार्फत माक्र्सवादको प्रतिपादन हुन पुग्यो ।
माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त हो । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यस दर्शनको सिद्धान्त भौतिकवाद हो । यस दर्शनले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र विचार, चेतना वा सामाजिक चेतनालाई दोश्रो स्थानमा राख्दछ ।
माक्र्सवादी दर्शन सर्वहारावर्गको विश्वदृष्टिकोण हो । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । यस दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाका बीचबाट भएको हो । जुन परिस्थिति र परिवेशमा माक्र्सवादी दर्शन जन्मियो त्यसका आवश्यक पूर्वाधारहरुमा मुख्य गरि सामाजिक– आर्थिक पूर्वाधार, प्रकृति विज्ञानका पूर्वाधार र सैद्धान्तिक पूर्वाधार रहेका छन् । यी तीन पूर्वाधार हुन् ः जर्मन दर्शनशास्त्र, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाज माक्र्सवादका सैद्धान्तिक पूर्वाधार हुन । यीनलाई लेनिनले “माक्र्सवादका तीन संघटक अंग” बताउनु भएको छ । तदनुसार दर्शनशास्त्र, राजनीतिक अर्धशास्त्र र वैज्ञानिक समाजवाद माक्र्सवादका तीन संघटक अंग हुन् ।
माक्र्सवादका बारेमा लेनिन भन्नु हुन्छ – “माक्र्सवाद माक्र्सका विचार र उनको शिक्षाको व्यवस्थित श्रृंखला हो । यसका बारेमा स्टालिन भन्नु हुन्छ,– “माक्र्सवाद माक्र्सवादी– लेनिनवादी पार्टीको विश्वदृष्टिकोण हो । दर्शन मानव चेतनाको उच्च रुप हो । मानव चेतना समय सापेक्ष हुन्छ, युग सापेक्ष हुन्छ । त्यसैले कार्ल माक्र्सले “हरेक साँचो दर्शन आफ्नो समयको बौद्धिक सार, संस्कृतिको जीवन्त आत्मा हो” भन्नु भएको छ ।
माक्र्सवादमा सर्वेहारावर्गले संसारलाई ठिकसित बुझ्ने र त्यसलाई फेर्ने अचूक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिले यसरी दर्शाउनु भएको छ,– “माक्र्सवादी दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खासरुपले मजदुरवर्गलाई ज्ञानका शाक्तिशाली औजारहरु प्रदान गरेको छ ।” दर्शनको कति ठुलो महत्व हुन्छ भन्ने कुरालाई स्वयं कार्ल माक्र्सले यसरी व्यवस्था गर्नु भएको छ– “जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।” त्यसैगरी माक्र्सवादको दार्शनिक पक्षको महत्वलाई माओत्सेतुङले यसरी दर्शाउनु भएको छ– “माक्र्सवाद ज्ञानका अनेक शाखाहरुबाट बनेको छ, माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात वर्गसंघर्षको सिद्धान्त तर जग चाँही माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन, हामी चीजहरुलाई स्पष्ट नपरिकन यताउत्ताको कुरा तर्क मात्र गरिरहेहका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरु हट्नेछन् ।”
माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद एक गतिशील सिद्धान्त हो । माक्र्सवाद गतिशील सिद्धान्त भएकाले आज माक्र्सवादको गुणात्मक विकासको दोश्रो चरण लेनिनवाद हो र माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण माओवाद हो । तदनुसार माक्र्सवादलाई समग्रमा यसरी बुझ्न जरुरी छ ।
माक्र्सवाद
माक्र्सवाद कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा प्रतिपादित सर्वहारावर्गको मुक्तिको सिद्धान्त र विचारधारा हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।
माक्र्सवादका तीन संघटक अंग
माक्र्सवादका तीन संघटक अंग रहेका छन् । ती हुन् – दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद ।
९१० माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भएकोले यो सबै खाले आदर्शवाद र अधिभूतवादका विरुद्ध परिलक्षित रहेको छ ।
९२० माक्र्सवादी राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्तमा आधारित छ । यसको विकसित रुप अतिरिक्त मूल्यको सिद्धान्त हो ।
९३० वैज्ञानिक समाजवाद वर्गसंघर्ष, इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्वमा आधारित छ । यसको मूल उद्देश्य र आदर्श साम्यवाद हो । यसलाई विकसित तुल्याउने काममा लेनिन र माओको महत्वपूर्ण योगदान रहेको छ।
माक्र्सवाद – लेनिनवाद – माओवाद
माक्र्सवादको माक्र्सवाद – लेनिनवाद – माओवादीमा जुन विकास भयो त्यसका तीन गुणात्मक चरण छन् । ती हुन् ः–
९क० माक्र्सवादको चरण ः माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो र माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त र विश्वदृष्टिकोण हो ।
९ख० लेनिवादको चरण ः माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति र सर्वहारा आन्दोलन तथा ज्ञानविज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिवाद जन्मिएको हो । लेनिन ९१९७० – १९२४० लेनिवादका प्रतिपादक हुनुहुन्छ ।
माओवादको चरण
माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्ती–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, सन् १९५३ मा स्टालिनको मृत्युपश्चात् रुस एवं पूर्वी युरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनःस्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाईं लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवदको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम भएको हो । माओवादको सार भनेको सर्वहारा सांस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्त हो ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिङ्गो अभेद्य इकाइको रुप्मा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिवादका रुपमा ग्रहण नगरीकन कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्दैनन् ।
माक्र्सवादको ज्ञानभण्डार विशाल छ । मालेमावादको सामान्य जानकारी पछि क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुका लागि यसको अध्ययन किन आवश्यक छ रु र यसको अध्ययन कसरी गर्ने भन्ने प्रश्न हाम्रा सामु खडा हुन्छ । पहिलो नम्बरमा हामी नेपाली कम्युनिष्टहरुको सैद्धान्तिक स्तर कमजोर छ । हाम्रो सैद्धान्तिक धरातल र स्तर कमजोर भएकै कारण पार्टी नेतृत्वको माथिल्लो स्तरमा रहेका नेताहरुमा नै अवसरवाद तथा विचलन पैदा हुने र दक्षिणपन्थि संशोधनवादी लाइन पकड्न पुग्ने भएकाले नै नेपाली कम्युनिष्ट आन्दोलन विभाजित हुन पुगेको छ र यसै कारणले यो आफ्नो लक्ष्यमा पुग्न नसकेका कारण जनता कम्युनिष्टहरु प्रति आकर्षित हुँदा हुँदै पनि प्रतिक्रियावादीहरुले शासन गर्ने मौका पाइरहेका छन् । तसर्थ नेता कार्यकर्ताहरुको सैद्धान्तिक–वैचारिक स्तर माथि उकास्नका निम्ति माक्र्सवाद–लेनिनवाद–माओवादको गहन अध्ययन आवश्यक छ । मालेमावादको गहन अध्ययन नगरिकन कोही पनि क्रान्तिकारी कम्युनिष्ट बन्न सक्तैन । अध्ययन मात्रै सबै थोक होइन, अध्ययनसँगै माक्र्सवादलाई आत्मसाथ गर्नु, आफ्नो जीवन व्यवहारमा लागु गर्नु नै यसको मुख्य लक्ष्य हो । मालेमावादलाई व्यवहारिक रुपमा जीवन व्यवहारमा उतार्नु नै यसको अध्ययनको सार्थकता रहेको छ । किनकि व्यवहार नै सत्यको कसौटी हो र यो नै माक्र्सवादी ज्ञानसिद्धान्तको प्रमुख आधार हो ।
मालेमावादको अध्ययनले कम्युनिष्ट क्रान्तिकारीहरुले आत्मसात गर्नै पर्ने विश्वदृष्टिकोणप्रति स्पष्ट हुनै सैद्धान्तिक, आधारहरुमा निर्माण गरि दिन्छ । र यसले नेता कार्यकर्ताहरुलाई सर्वहाराकरण हुन मद्दत गर्दछ । साथै मालेमावादको गहन अध्ययनले संसारलाई चिन्ने र त्यसलाई बदल्ने सैद्धान्तिक हतियार प्रदान गर्दछ ।
जहाँसम्म माक्र्सवाद–लेनिनवाद–माओवादको, अध्ययन कसरी गर्ने भन्ने प्रश्न छ, यो ज्यादै महत्वपूर्ण प्रश्न पनि हो । मालेमावादको अध्ययन गर्ने दुइवटा तरिकाहरु छन् जस्तै
१. स्वअध्ययनको तरिका

२. पार्टी स्कुलिङ्गको तरिका

स्वअध्ययनको तरिकाः– यो नै मालेमावाद लगायत सबै चीजको अध्ययन गर्ने पहिलो माध्यम हो । जो बढि जिज्ञाषु छ, जसले बढि भन्दा बढि नयाँ नयाँ चीजको खोजी गर्ने, त्यसबारेमा गहिरो गरि अध्ययन गरेर नयाँ नयाँ चीजको पत्ता लगाउने कोसिस गर्दछ, त्यसमा स्वअध्ययनले ठूलो मद्दत गर्दछ । यो भौतिक जगतमा विगतदेखि अहिलेसम्म जो ठूलाठूला वैज्ञानिक, अन्वेषक र अनुसन्धानकर्ताहरुले नयाँ नयाँ चीजको पत्ता लगाएका छन् आविष्कार गरेका छन्, उनीहरुले पहिलो नम्बरमा स्वअध्ययनलाई जोड दिएको पाइन्छ । यसका लागि भित्री तथा बाह््य वातावरण निर्माण गर्ने पाटो त अलग हुन सक्छ ।
ठुला ठुला दार्शनिक तथा विद्वानहरुले नयाँ नयाँ सिद्धान्तको खोजी र प्रतिपादन गर्ने कार्यमा पनि स्वअध्ययनलाई बढि जोड दिएको पाइन्छ । वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्स र पे्रmडरिक एंगेल्सले पनि माक्र्सवादको प्रवर्तन गर्ने महान कार्यमा स्वअध्ययनलाई नै बढि जोड दिएको हामी पाउदछौं । लेनिन, स्टालिन, माओ लगायत विश्व सर्वहारावर्गका महान नेताहरुले पनि आफ्नो माक्र्सवाद सम्बन्धी ज्ञानभण्डारलाई फराकिलो पार्न पहिलो सर्तमा स्वअध्ययनलाई बढि महत्व दिएको हामी पाउदछौं ।
अतः जो बढि जिज्ञाषु छ उनले नै स्वअध्ययनको माध्यमबाट आफ्नो ज्ञानभण्डारलाई समृद्धशाली बनाउन समर्थ हुन्छ ।
पार्टी स्कुलिङ्गको तरिकाः–
माक्र्सवाद–लेनिनवाद–माओवादको अध्ययन गर्ने दोश्रो तरिका वा माध्यम भनेको पार्टी स्कुलिङ्गको तरिका हो । यो तरिका बढि प्रयोगात्मक, अन्तक्रियात्मक र व्यवहारिक खालको पनि हुन्छ । विगतदेखि नै विश्वभरका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले पार्टी स्कुलिङ्ग विभाग वा अन्य कुनै निकाय खडा गरेर त्यसकै माध्यमबाट अध्ययनको निश्चित पाठयक्रमको निर्धारण खास गरि दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद सम्बन्धि विषयहरु समावेश गरेर, निश्चित प्रशिक्षार्थी संख्याको निर्धारण, निश्चित स्तर र निश्चित समयको निर्धारण गरेर माक्र्सवाद अर्थात मालेमावादको अध्ययन, अध्यापन गराउदै आएको पाइन्छ । लेनिन, माओ र विश्वका अन्य कम्युनिष्ट पार्टीका नेताहरुले आ–आफ्नो पार्टी भित्र स्कुलिङ्ग विभाग खडा गरेर माक्र्सवाद लगायत आवश्यक पर्ने विविध विषयहरुमा आफ्ना नेता कार्यकर्ताहरुलाई अध्ययन र स्कुलिङ्ग गरेको पाइन्छ । चीनीया कम्युनिष्ट पार्टीले त अहिले पनि व्यवस्थित रुपमा स्कुलिङ्ग सीप संचालन गरिरहेको छ ।
नेपालका कम्युनिष्ट पार्टीहरुले पनि स्कुलिङ विभागहरु खडा गरेर यदाकदा आफ्ना कार्यकर्ताहरुलाई स्कुलिङ्ग गर्दै आएका छन् तर यहाँ व्यवस्थित, नियमित रुपमा स्कुलिङ्ग गरिरहेका छैनन । नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० ले अहिले पनि केन्द्रीय स्तरमा पार्टी स्कुलिङ्ग विभाग गरेर स्कुलिङ्गको स्तर निर्धारण, पाठयक्रमको निर्धारण गरेका भएतापनि यसले पनि व्यवस्थित र नियमित रुपले स्कुलिङ्ग कार्य संचालन गरिरहेको छैन ।
एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीले आफ्नो स्कुलिङ्ग विभाग वा अन्य निकायबाट संचालन गर्ने स्कुलिङले आफ्ना नेता, कार्यकर्ताहरुको सैद्धान्तिक स्तरको विकास गर्न, कार्यकर्ताहरुमा तार्किक ज्ञानको अभिवृद्धि गर्न, अनुशासित, लगनशील बन्न, पार्टीले निर्धारण गरेको लक्ष्य–उद्देश्यहरु प्राप्त गर्ने कार्यमा प्रतिबद्ध र कठिबद्ध भई लागि पर्न, आम पार्टी पंक्ति भित्र नेता, कार्यकर्ताको जीवन शैली रुपान्तरण गर्न र आमपार्टी पंक्तिलाई सर्वहाराकरण गर्न पार्टी स्कुलिङ्गले महत्वपूर्ण योगदान प्रदान गर्न सक्ने भएकाले क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि पार्टी स्कुलिङ्गको ठूलो महत्व हुन्छ । जुन कम्युुनिष्ट पार्टीले पार्टी स्कुलिङलाई महत्व दिन सक्तैन, त्यस प्रकारको कम्युनिष्ट पार्टीले आफ्नो लक्ष्य, उद्देश्य प्राप्त गर्न पनि असंभव हुन्छ ।
लेखक नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् ।