Please Update Your Browser.

लगातार ८ सिजन ३० भन्दा धेरै गोल गर्ने मेस्सी

mesiएजेन्सी १७ फागुन । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी लगातार ८ सिजन ३० गोल गर्ने खेलाडी बनेका छन् । आइतबार राति भएको ला लिगा अन्तर्गत सेभिल्लासँगको खेलमा एक गोल गरेका मेस्सीले यो सिजन सबै प्रतियोगितमा बार्सिलोनाका तर्फबाट ३० गोल गरेका छन् ।

यो खेलमा बार्सिलोना २–१ ले विजयी भयो । योसँगै लगातार ८ सिजन ३० भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । मेस्सीले गएको सिजन सबै प्रतियोगितमा बार्सिलोनाका तर्फबाट ५८ गोल गरेका थिए ।

उनले सन् २००८र०९ को सिजनमा ३८, २००९र१० को सिजनमा ४७, २०१०र११ को सिजनमा ५३, २०११ र १२ को सिजनमा ७३, २०१२ र १३ को सिजनमा ६० तथा २०१३ र १४ को सिजनमा ४१ गोल गरेका थिए । पाँच पटकका बालोन डी’ओर विजेता मेस्सीको टिम बार्सिलोना अहिले ६६ अंकसहित ला लिगाको शीर्ष स्थानमा छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ८ अंक तथा तेस्रो स्थानको रियल मड्रिड भन्दा १२ अंकले अघि छ ।