Please Update Your Browser.

रेडियो बाराहीको आहा–रारा विशेषमा विजेता श्रोतालाई नगद १० हजार रुपैया प्रदान

पोखरा, १७ फागुन  गते । रेडियो बाराहीले सञ्चालन गरेको आहा–रारा गोल्डकप विशेष कार्यक्रमको विजेता स्रोतालाई सोमबार नगद १० हजार रुपैया पुरस्कार वितरण गरिएको छ । १४ औं संस्करणको आहा–रारा गोल्डकपको अवसरमा रेडियोले आयोजना गरेको विशेष कार्यक्रममा पोखरा अमरसिंहचोकका प्रवेश शाही विजेता भएका हुन् ।

सहारा क्लव पोखराले आयोजना गरेको १४ औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्ला ? भनि रेडियोले सोधेको प्रश्नमा मनाङ मस्र्याङ्दी क्लवको पक्षमा एसएमएस गर्ने ४ हजार १ सय ९३ स्रोतामध्येबाट गोलाप्रथाको आधारमा ९८४६६४७१७६ मोवाइल नम्वरबाट एसएमएस गर्ने श्रोता प्रवेश शाही भाग्यशाली घोषित भएका हुन् ।

barahi

कार्यक्रममा बोल्दै सहरा क्लवका अध्यक्ष विरभद्र आचार्यले आहा–रारा खेल प्रतियोगितालाई विशेष बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले रेडियो बाराहीले स्रोता र खेलप्रेमीलाई जोड्ने पुलको काम गरेको बताए ।

स्थानीय श्रृंगा यातायात व्यवसायी समितिका अध्यक्ष केदार पौडेलले समितिले सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको बताए । उनले भने समितिले आफ्ना सेवालाई प्रभावकारी बनाउदै लगेको छ । विजेता शाहिले रेडियोको आहा–रारा विशेष कार्यक्रम उत्कृष्ट रहेको बताउदै दर्शकलाई रंगशालासम्म पु¥याउन प्रेरित गरेको बताए ।

रेडियोका कार्यकारी निर्देशक रमेश पौडेलले रेडियोले स्रोतामुखि कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै आगामी दिनमा यसलाई निरन्तरता दिने बताए ।