Please Update Your Browser.

संविधान दिवसको अवसरमा पाँच सय सैतिस कैदी जेल मुक्त हुने निर्णय

jellकाठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा पैतिस वर्ष उमेर नाघेका ५ सय ३७ जनालाई सरकारले जेलमुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार मात्र चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले आकस्मिक रुपमा राखिएको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

आइतबार साँझको सो निर्णयअनुसार चालिस प्रतिशत कैद भुक्तान गरेका, गम्भीर प्रकृतिको अपराधमा संलग्न नभएका उमेरले ६५ वर्ष पूरा गरिसकेका ५ सय ३७ जनालाई जेलमुक्त गर्ने निर्णय भएको श्रोतले बताको छ । यो संख्या देशभरका जेलबाट छुटिनेहरुको हो । साथै सोही मन्त्रिपषिद बैठकले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको निचोड निकालेको छ ।