Please Update Your Browser.

“संविधान संशोधनका लागि सरकार गम्भीर”

काठमाडौं, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान संशोधनमा सरकार गम्भीरतापूर्वक लागेको बताएको बताए ।

puspakamal_dahal

संविधान जारी भएको वर्षदिन पूरा भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको सफल कार्यान्वयनका लागि मधेसी, थारु, आदिवासी, जनजाति लगायत समुदायका गुनासाहरुको याथोचित सम्बोधन गरिने उल्लेख गरे।

२०७४ माघ ७ गते भित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने संविधानले दिएको अनिवार्य कार्यभार पुरा गर्न सरकार दृढ रहेको प्रधान मन्त्री प्रचण्डको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदुढ बनाउन र नेपालीलाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ आफ्नो ठाउँबाट योगदान गर्न सवै राजनीतिक दललाई आग्रह गरे ।