Please Update Your Browser.

तीन दल र मधेसी मोर्चाबीच फागुन २ गतेभित्र सहमति हुन सक्ने

२९ माघ, काठमाडौं ।

प्रमुख तीन दल र मधेसी मोर्चाबीच फागुन २ गतेभित्र उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सैद्धान्तिक सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान बसेको प्रमुख तीन दलका शीर्ष नेता र मोर्चाको कार्यदलका सदस्यहरुको बैठकले मधेस आन्दोलनका माग सम्बोधन गर्ने तथा सीमाकंनको विवादलाई राजनीतिक संयन्त्रबाट समाधान गर्ने सैद्धान्तिक सहमति भएको कांग्रेस नेता महेश आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीको भारत भ्रमणका अगाडि मधेसका माग र सीमाकंनको विषयलाई टुंग्याउने गरी तयारी सुरु भएको अाचार्यले सञ्चारकर्मीलाई जानकारी दिए ।

सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मोटामोटी सहमति भएको बताउँदै फागुन २ गतेसम्म सहमतिलाई मूर्त रुप दिने बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमालेबाट झलनाथ खनाल, भीम रावल, कांग्रेसबाट रामचन्द्र पौडेल, शेर बहादुर देउवा, मोर्चाका तर्फबाट हृदेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, रामनरेश राय यादव लगायतको सहभागी थिए ।