काठमाडौं । अवैध आप्रवासी फर्काउने क्रममा अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ ।
मानव वेचविखन व्युरोका प्रवक्ता एसपी विश्वराज खड्काका अनुसार अमेरिकाले फर्काएका एक महिलासहित ३५ जनालाई परिवारको जिम्मा लगाएर पठाइएको छ ।
त्यस्तै चीनिया गिरोहले म्यानमारमा लगेर अवैध काममा लगाएका ३७ जनालाई पनि त्यहाँको सरकारले उद्दार गरेर नेपाल पठाएको खड्काले बताए । थाइल्याण्ड हुँदै म्यानमार लगिएका नेपालीलाई साइबर स्क्यामिङको काममा लगाइएको थियो ।
