बारा । नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच बुधबार भएको झडपका कारण बाराको सिमरा आज पनि अशान्त छ ।
आज बिहानैबाट युवाहरू सडकमा निस्किएका छन् । प्रहरीरप्रशासन र युवाबीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालनमा आए पनि युवाहरूले बजारमा प्रदर्शनसँगै टायर बालेर नाराबाजी गरिरहेका छन् ।
हिजो एमालेद्वारा आयोजित कार्यक्रममा काठमाडौंबाट आउन लागेका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेतालाई रोक्न युवाहरूले सिमरा विमानस्थलमा प्रदर्शन गरेका थिए ।
जेनजीको नाममा प्रदर्शन गरिरहेका थुवा र एमाले निकट युवा बिच थप झडप हुने डरले स्थानीय त्रासमा छन् ।
