क्यानाडा उडेको एयर इन्डियाको विमान ९ घण्टापछि दिल्लीमै अवतरण

नयाँ दिल्ली । दिल्लीबाट क्यानाडाका लागि उडेको एयर इन्डियाको एउटा विमान ९ घण्टाको उडानपछि दिल्लीमै अवतरण गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान स्थानीय समय अनुसार ११ः३४ बजे नयाँ दिल्लीबाट क्यानाडाका लागि उडेको विमान सोही दिन बेलुका ७ः१९ बजे नयाँ दिल्लीमै अवतरण गरेको हो ।

उक्त विमान चिनियाँ वायु क्षेत्रमा पुगेर पुनः भारततिर फर्किएको हो । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार चीनको कुनमिङ क्षेत्रको आकाशमा पुगेको अवस्थामा एयर इन्डियाकै व्यवस्थापन टिमले उक्त विमानलाई फिर्ता बोलाएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियासँग क्यानाडाका लागि आफ्नो बोइङ ७७७–३०० एस्टेन्डेड रेन्ज ९इआर० विमान सञ्चालन गर्ने अनुमति छ । बिहीबार एयर इन्डियाले क्यानाडातर्फ पठाएको विमान बोइङ ७७७–२०० लङ्ग रेन्ज ९एलआर० रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्लीबाट उडेको सो विमानलाई क्यानाडा उडानको अनुमति नरहेको तर असावधानीबस उक्त विमानमा यात्री राखेर पठाएका कारण बिच बाटोबाटै फिर्ता बोलाउनु परेको हो ।