पद्मा आर्यालले महाविरलाई भनिन्, ‘आज तपाईले गरेको पोष्टले निराश बनायो’

काडमाडौं । नेकपा एमालेका उपमहासचिव पद्मा अर्यालले प्रतिनिधि सभा सदस्य महाविर पुनले आफूलाई निरास बनाएको बताएकी छन् । पुनले आफ्नो बारेमा सामाजिक संजाल फेसबुकमा गरेको पोष्टले निरास बनाएको अर्यालको टिप्पणी छ ।

अर्यालले आफ्नो फेसबुकमार्फत पुनलाई यसो भनेकी छन्,

माननीय  Mahabir Pun ज्यू,

नयाँ संसदमा तपाईं जस्तो सु-बिख्यात,एवं प्रतिभावन संचार प्रबिधि बिज्ञको उपस्थितिले सुचना प्रबिधि क्षेत्रको सुधार एवं भ्रामक सूचनाको नियन्त्रणका सम्बन्धमा तपाईसंगको सहकार्यमा म पनि उत्साहित थिएँ । आज तपाईले गरेको पोष्टले निराश बनाएको छ।

राजनीतिक एवं बैचारिक रुपमा तपाईं र म बिच स्वस्थ मतभेद छन, तर आफूलाई मिडियाको हवाला दिने कुनै पार्टीको मुखपत्र जस्तो फेसबुक पेजमा बिषाक्त उद्देश्यले राखिएको मनगणन्ते कुरालाई आधार बनाई अनर्गल टिप्पणी गर्नु भने शोभनीय भएन । यस समयमा द्वेष उत्पादन गराउने कुनै पनि कुरा उपयुक्त छैनन भन्नेमा म संवेदनशील छु। मैले नबोलेको विषयमा नियोजित ढंगले राखिएको कन्टेन्टलाई तपाईं जस्तो जिम्मेवार व्यक्तिले बिना मूल्यांकन प्रचार गरी द्वन्द्वको सृजना गर्नु चिन्ताजनक बिषय हो ।

भ्रम कहिले कसका बिरुद्ध कुन हतियार बनी सोझिन्छ,कस्लाई पो थाहा छ र ? म अझै पनि भ्रामक गतिविधिलाई निर्मुल पार्ने तर्फ सबैको ध्ययान जानेछ, र प्रस्तुत विषयको सत्यताको मूल्यांकन गर्नुहुनेछ भन्ने विश्वास राख्दछु ।

यस्तो थियो, पद्मा अर्यालका बारेमा पुनको टिप्पणी,