देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा र आरजु राणाविरुद्ध पक्राउ अनुमति मागेको थियो ।

सोही आधारमा जिल्ला अदातल काठमाडौंले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति दिएको हो । हाल देउवा दम्पती हङकङमा छन् ।

चैत १३ मा बनेको बालेन शाह नेतृत्वको नयाँ सरकारले पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो ।