शौचालयभित्र यौनसम्बन्ध राखेको आरोप लागेकी युवती पक्राउ

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यस्थित सेन्ट पिटर्सबर्गमा रहेको एक बार तथा रेस्टुरेन्टमा शौचालयभित्र यौनसम्बन्ध राखेको आरोप लागेकी १९ वर्षीया युवती पक्राउ परेकी छन् ।

प्रहरीका अनुसार हेली सेरबल नामकी ती युवतीले गत शनिबार बिहान शिसो क्रिस्पी बार–रेस्टुरेन्टको शौचालयमा एक पुरुषसँग यौनसम्बन्ध राखेकी थिइन् ।

घटनापछि रेस्टुरेन्टका कर्मचारीले उनलाई सोधपुछ गर्दै बाहिर लैजान खोजेका बेला उनले रिसाउँदै व्यवस्थापक कालीना कोन्क्लिनको अनुहारमा थुकेको आरोप पनि लागेको छ ।

प्रहरी घटनास्थलमा पुग्दा व्यवस्थापकको अनुहारमा थुक स्पष्ट देखिएको तथा घटनाका धेरै प्रत्यक्षदर्शी रहेको जनाएको छ ।

यस घटनापछि सेरबललाई सामान्य कुटपिट ९मिस्डिमिनर ब्याट्री० को आरोपमा पक्राउ गरिएको थियो । पछि उनी एक हजार अमेरिकी डलर धरौटीमा रिहा भएकी छन् ।

द स्मोकिङ गन का अनुसार यो सेरबलको पहिलो कानुनी विवाद भने होइन । उनी हाल अन्य दुई फौजदारी मुद्दामा पनि प्रतिवादी रहेकी छन् ।

तीमध्ये एउटा मुद्दा सवारीसाधन चोरीसँग सम्बन्धित छ भने अर्को हतियार प्रयोग गरी गरिएको गम्भीर आक्रमणको घटनापछि सहयोग गरेको आरोपसँग सम्बन्धित रहेको जनाइएको छ ।