काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस विमानको चक्कामा आगलगागी भएर मुख्य धावनमार्गमै रोकिएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेकामा डेढ घन्टापछि खुलेकाे छ।
जहाज धावनमार्गमै अड्किएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। उनका अनुसार मुख्य धावनमार्गमै अड्किएकाे विमानलाई त्यहाँबाट सारेर बन्द उडान अवतरण खुला गरिएको छ भने धावनमार्गबाट ट्याक्सीवेमा लगेर यात्रुको उद्धार गरिएको छ।
इस्तानबुलबाट काठमाडौं आएको टीके७२६ जहाज आज बिहान पौने ७ बजे अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो। चक्कामा लागेको आगो दमकल प्रयोग गरी नियन्त्रणमा लिइएको छ। क्रु मेम्बरसहित २८४ यात्रु रहेको विमानका सबैलाई सकुशल उद्धार गरिएको छ।
