काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यससँगै एकै दिन सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको हो ।
चाँदीको भाउ पनि तोलामा २६० रुपैयाँ बढेको छ
बिहीबार चाँदीको मूल्य पनि प्रतितोला २६० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
यससँगै एकै दिन चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले बढेको हो ।
