सय रुपैयाँभन्दा माथिका सामानमा भन्सार उठाउने निर्णयमा सर्वोच्चको रोक

काठमाडौं । नेपाल–भारत सीमा नाकाबाट ल्याइने दैनिक उपभोग्य सामानमा लगाइँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतले रोक लगाएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क उठाउने अर्थ मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

भारतीय सीमा नाकाबाट दैनिक उपभोग्य वस्तु ल्याउँदा भन्सार लिने व्यवस्था नेपाल–भारत व्यापार सन्धिको प्रावधानविरुद्ध रहेको दाबी गर्दै अधिवक्ता अमितेश पण्डितलगायतले रिट दायर गरेका थिए।

अदालतको आदेशसँगै हाललाई उक्त निर्णय कार्यान्वयनमा रोक लागेको छ।