संघीय संसद्का १२ समितिमा सभापति चयन, अधिकांश सर्वसम्मत

काठमाडौं । संघीय संसद् नेपाल अन्तर्गतका १२ वटा संसदीय समितिले सभापति पाएका छन्। शुक्रबार सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभाका १० र दुवै सदनका दुई संयुक्त समितिमा नेतृत्व चयन गरिएको हो।

निर्वाचन प्रक्रियाअनुसार १० वटा समितिमा सर्वसम्मत रूपमा सभापति चयन भएका छन् भने बाँकी दुई समितिमा भने मतदानमार्फत नेतृत्व तय गरिएको छ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू ९ वटा समितिको सभापतिमा निर्वाचित भएका छन्, जसलाई संसद्भित्रको शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

नवनिर्वाचित सभापतिहरूले समितिको कामलाई प्रभावकारी बनाउँदै नीति निर्माण र अनुगमन भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सर्वसम्मत सभापति बनेकाहरु :

-राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल

-कानुन न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा

-अर्थ समितिमामा डा. कृष्णहरि बुढाथोकी

-अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास

-उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी

-कानुन र न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा

-महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी

-पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल

-कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोककुमार चौधरी

यस्तै सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का पनि निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, संसदीय सुनुवाई समितिको सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। यो दुवै सदनको संयुक्त समिति हो।

यस्तै, शिक्षा समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन निर्वाचित भएकी छन्। यो समितिको सभापतिमा नेकपा (एमाले)का गुरुप्रसाद बरालले पनि उम्मेदवारी दिएका थिए।

यता राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रास्वपाकै गणेश कार्की निर्वाचित भएका छन्। यो समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की मदनकुमारी शाह (गरिमा) ले उम्मेदवारी दिएकी थिइन्।