नेपाली कांग्रेस नेतृत्व विवाद टुंगियो, थापा पक्षमा सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा फैसला गरेको दाबी सार्वजनिक भएको छ।

शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको उल्लेख गरिएको छ।

यससँगै आधिकारिकताको दाबी गर्दै आएको शेरबहादुर देउवा पक्षको रिट खारेज भएको छ।