पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा ३० रुपैयाँले वृद्धि गरेको छ। निगमले बुधबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य बिहीबार बिहान १२ बजेदेखि लागू हुनेछ।

निगमका अनुसार पेट्रोलको मूल्य भने यथावत् राखिएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्यमा ५ रुपैयाँले वृद्धि गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको उतारचढावका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।