सार्वजनिक खरिदमा हस्तक्षेप प्रकरण: विक्रम पाण्डे सीआईबीको नियन्त्रणमा

काठमाडौं । सार्वजनिक खरिद प्रणालीमा अनियमितता गरेको आरोपमा पूर्वमन्त्री विक्रम पाण्डे लाई प्रहरीले पक्राउ गरेको छ। ठेक्कासम्बन्धी विवरण हेरफेर गर्न अनधिकृत हस्तक्षेप गरेको आरोपमा अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणमा विस्तृत अनुसन्धान अघि बढाइरहेको छ। सोही क्रममा पाण्डेलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।