काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो।
यसअघि बिहीबार दिउँसो राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ समेत जारी गरेका थिए।
सरकारले दुई पटक गरी कुल ६ वटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेकोमा हालसम्म दुई वटा मात्र जारी भएका छन् भने चार वटा अध्यादेश बाँकी रहेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार बाँकी अध्यादेशहरू अध्ययनका क्रममा रहेका छन्।
