राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन् ।

सरकारले वित्तीय अपराध नियन्त्रण र सम्पत्ति शुद्धीकरण निवारणका कानुनी व्यवस्थाहरूलाई थप सुदृढ बनाउन संसद्को अधिवेशन नभएको अवस्थामा अध्यादेश ल्याएको छ । पछिल्लो समय राजस्व अनुसन्धान विभाग र अन्य निकायहरूबाट भइरहेका ठूला वित्तीय अनुसन्धानका क्रममा देखिएका कानुनी अड्चन फुकाउन अध्यादेश ल्याइएको मानिएको छ ।

बिहीबार मात्रै सहकारी अध्यादेश, सार्वजनिक खरिद सम्बन्धी अध्यादेश जारी भएकोमा त्यसको भोलिपल्टै शुक्रबार सम्पत्ति शुद्धीकरण सम्बन्धी अर्को अध्यादेश जारी भएको छ ।