त्रिभुवन विश्वविद्यालयका तीन उच्च पदाधिकारीले दिए राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले सामूहिक रूपमा राजीनामा दिएका छन्। प्रधानमन्त्री बालेन शाह कुलपति रहेको त्रिभुवन विश्वविद्यालयका ती तीनै जना पदाधिकारीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

रेक्टर खड्ग केसीका अनुसार बिहीबार आफूहरूले औपचारिक रूपमा पत्रमार्फत राजीनामा पठाएका हुन्। सरकारले विश्वविद्यालयका पदाधिकारीलगायत राजनीतिक नियुक्ति पाएका अधिकारीहरूलाई हटाउने गरी अध्यादेश सिफारिस गरेको सन्दर्भमा पदमा बसिरहन उपयुक्त नलागेकाले राजीनामा दिएको उनको भनाइ छ।

यससँगै विश्वविद्यालय नेतृत्वमा तत्कालीन व्यवस्थापनबारे नयाँ प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।