एसईई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो।

बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजा सार्वजनिक भए पनि वेबसाइटमा भने केहीबेरपछि मात्रै विवरण देख्न सकिने जनाइएको छ।गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थीले फाराम भरेका थिए।

परीक्षामा सहभागीमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना रहेका थिए।

जिपिए अनुसार नतिजा विवरण

१–२ जिपिए: ७ जना
२–२.४ जिपिए: ५,१९० जना
२.४–२.८ जिपिए: ५५,९७७ जना
२.८–३.२ जिपिए: ९४,२२२ जना
३.२–३.६ जिपिए: ८०,३७२ जना
३.६–४ जिपिए: ४८,३९२ जना

यस वर्ष उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको कारण नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गरिएको परीक्षा बोर्डले जनाएको छ। परीक्षा बोर्डले विभिन्न माध्यमबाट नतिजा हेर्न सकिने जनाएको छ। विद्यार्थीले वेबसाइट, एसएमएस तथा मोबाइल एपमार्फत नतिजा प्राप्त गर्न सक्नेछन्।

यसरी हेर्न सकिन्छ एसईई नतिजा

नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)
वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू: इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम : www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
इडियु सञ्जाल : www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com
द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com
एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com
फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com
एम्बिसन गुरु प्रालि : see.ambition.guru
एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net
इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see