संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनर्विचार गर्न फिर्ता पठाएका छन् ।

सरकारले संवैधानिक परिषदससम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको थियो ।

राष्ट्रपति पौडेलले अध्यादेश पनुर्विचार गर्नुपर्ने देखिएकाले फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

यसैबीच राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडैलले आज आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ०८३ जारी गरेका हुन् ।

यसअघि राष्ट्रपतिले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका अन्य ६ वटा अध्यादेश जारी गरिसकेका छन् ।