काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले मेयर सिंहविरुद्ध लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सका डीएसपी हरिबहादुर बस्नेतले मेयर सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको जानकारी दिए ।

