दुई कम्पनीलाई आईपीओ निष्कासन गर्न सेबोनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र एभरेट कलर लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।

जसअनुसार माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडलाई एक सय मूल्य बराबरको २५ लाख ८० हजार कित्ता र एभरेट कलर लिमिटेडलाई सोही मूल्य बराबरको ७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।

यसका लागि एनआईएमबीएस क्यापिटल लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ।