काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ।
सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले खड्कालाई दिइएको सात दिने स्पष्टीकरणको पत्र फिर्ता लिने निर्णय गर्ने बताइएको छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई अदालतले मान्यता दिइसकेको अवस्थामा स्पष्टीकरणको औचित्यता समाप्त भएको निष्कर्ष समितिले निकालेको स्रोतले जनाएको छ।
यसअघि २ चैतमा बसेको समितिको बैठकले खड्कासँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। तर खड्काले उक्त निर्णयलाई अवैधानिक ठहर गर्दै अस्वीकार गरेका थिए।
