कांग्रेस देउवा पक्षको निष्कर्ष: सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको ठहर

काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताबारे गरेको फैसला त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको छ।

आज बसेको सो समूहको बैठकले सर्वोच्चको फैसला विरोधाभासपूर्ण र आफ्नै विगतको नजिरविपरीत रहेको ठहर गरेको हो।

बैठकपछि नेता मिनबहादुर विश्वकर्माले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए। उनका अनुसार नेताहरूले फैसलालाई तत्काल स्वीकार गरे पनि पुनरावलोकनमा जानुपर्ने राय व्यक्त गरेका छन्।

बैठकले पार्टी एकताका लागि पहल गर्ने जिम्मेवारी सभापति गगन थापाको रहेको निष्कर्ष पनि निकालेको छ। अन्यथा पार्टी विभाजनको अवस्था आउन सक्ने चेतावनीसमेत बैठकमा उठाइएको बताइएको छ।