काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी दर्ता भएका छन्। संघीय संसद सचिवालयका अनुसार समितिले उजुरीका लागि तोकेको १० दिने अवधिभित्र ती उजुरी परेका हुन्।
संसदीय सुनुवाइ समितिकी सूचना अधिकारी सावित्रा शर्माले तोकिएको समयसीमाभित्र १६ उजुरी प्राप्त भएको जानकारी दिएकी छन्।
गत २५ वैशाखमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले डा. शर्माविरुद्ध उजुरी दिन १० दिनको समयसहित आह्वान गरेको थियो।
